बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य



म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताए ।

बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८–७९ मा आठ सय ४७, २०७९–८० मा छ सय ७७, २०८०–८१ मा तीन सय ९२ र आव २०८१–८२ को हालसम्म एक सय ४९ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताए ।

उनका अनुसार आव २०७८–७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । दश वडा रहेको बेनी नगरपालिकामा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् ।

आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमा नै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र चेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिगमनकारीहरुको कुकर्म नाङ्गेझार पार्न एकीकृत समावादीको अपिल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै

राप्रपाले महानगरलाई तिर्‍यो एक लाख जरिवाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ

न्यायाधीशले विवेकपूर्ण निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय हुने गरी काम

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन्