शुक्लाफाँटामा छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी आएको छ ।

छेकबार लगाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आवासीय क्षेत्र र खेतबारीमा जङ्गली जनावर आउन छाडेका हुन् । निकुञ्ज क्षेत्रबाट छिर्ने बँदेल, निलगाई, चित्तललगायत जनावरले खेतबारीमा लगाएको सागसब्जीदेखि अन्नबाली खाएर स्थानीय किसानलाई हैरान पारेका थिए ।

“निलगाई र चित्तलको बथानले रातिका बेला बारीमा छिरेर पूरै बाली सखाप पार्ने गर्दथे, परिवार पाल्नकै लागि स्थानीयले भारततर्फ लाग्नु पर्दथ्यो,” स्थानीय रतन रानाले भने, “तारको छेकबार जडानपछि त्यो कार्य रोकिएको छ ।”

सुनदेवी उपभोक्ता समितिले ताल, राष्ट्रिय प्रकृति संरक्षण कोष, वातावरण मध्यवर्ती सामुदायिक वनको सहयोगमा छेकबार लगाएको हो । तारजालिमा प्रतिमिटर दुई हजार दुई सयका दरले खर्च भएको जनाइएको छ ।

मानव–जीवजन्तुबीचको द्वन्द्व कम गर्न छेकबारसँगै ८० वटा पोलमा विद्युतीय र सौर्य बत्ती जडान गरिएका छन् । साथै १० स्थानमा साइरन जडान गरिएको छ । निकुञ्ज नजिकका ७० जनालाई ‘हेलोजन टर्च’ र हात्ती धपाउन प्रयोग हुने सात थान बन्दुक पनि प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आम्दानी

चौतारा । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न

रामेछापमा जुनार उत्पादन बढ्यो

मन्थली । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन्। मजदुरको अभाव,