अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ ।

हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई किलो सुनसहित रसुवाबाट एकजना पक्राउ

रसुवा । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । कालिका

कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’

क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको स्पष्ट भयोः अर्थमन्त्री पौडेल

  काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना

१५ सय रुपैयाँले बढ्यो तोलामा सुनको मूल्य

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी