रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप



पाल्पा । पाल्पाको रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् ।

रामपुर नगरपालिका–६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिल्किराको प्रकोपले सताएको दुखेसो गरिन् । ‘काउलीका बोट फस्टाएका छन् तर कीराका प्रकोपले फूल लाग्न पाएका छैनन् । कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौँ,’ उनले भनिन् ।

यसैगरी, रामपुर–५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिल्किराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनमा लागेकी उनी पनि कीराले पिरोलिएकी छन् । उनी भन्छिन्, ‘बोट सप्रेका छन्, कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ ।’

झुसिल्किराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उनले बताए । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीसँग राष्ट्रपति सीले भने-नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहन्छ

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी (करिब नौ अर्ब)अनुदान सहयोग

नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग दिने चीनका राष्ट्रपति सीको घोषणा

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि भएको छ । नागरिक

कतारका राजदूतलाई कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा