माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम, वार्षिक ३० लाख आम्दानी



कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी बनाएर माछापालन गरेका छन् ।

डेढ दशक अघिसम्म खेतमा धान, गहुँ खेती गर्नु उनको परिवार मुख्य काम थियो । २०६५ मा उनका बुबा चन्द्रलालले धान खेतीमै माछापालन थाले । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँ खेती छाडेर माछा पालनतर्फ लागेका हुन् ।

‘सुरुआतमा बुबाले धान खेती हुँदै एक/दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरियो’, हरिराम भन्छन् ।

२०७२ मा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो । बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालन सघाइरहेका उनी बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय भए । माछा पालनबाट वार्षिक ३० लाख आम्दानी गर्ने गरेको हरिराम सुनाउँछन् । ‘धान, गहुँ खेतीभन्दा पनि माछापालनमा राम्रो आन्दानी छ’, उनले भने, ‘माछाको सङ्ख्याअनुसार आम्दानी हुन्छ । मैले वार्षिक ३० लाख लाखसम्म आम्दानी गर्ने गरेको छु ।’

एक माछा एक किलोग्राम तौलको हुन एकदेखि सवा किलोग्रामसम्म दाना खपत हुने गरेको छ । दश बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालनबाट वार्षिक सात–आठ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिराम बताउँछन् ।

माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ । माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ । हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन् । नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए ।

हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ । उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेकी छन् । छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छिन् । छोरा काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन् ।

‘शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्नतर्फ लागिएन । तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो । अहिले माछापालनबाट पनि राम्रै भएको छ’, हरिरामले भने, ‘सरकारी जागिरे नहुँदा पनि केही छैन । माछापालनले सन्तुष्टि दिलाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

ताप्लेजुङ ।  ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार

नेपाल भारत सीमा सुरक्षा बैठकमा सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौँ । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि काठमाडौंमा सुरु

रोशीका बाढीपहिरो पीडितका लागि दुई करोड ८० लाख बजेट विनियोजन

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको

झापामा घर भत्काउन थालेको हात्ती धपाउन खोज्दा आक्रमण, एकको मृत्यु

झापा । हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय