आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालन



 

स्वर्गद्वारी (प्यूठान) । निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालनमा आएको छ । सांसद सूर्यबहादुर थापाले सब–स्टेसनको बुधबार उद्घाटन गरेका हुन्  ।

विसं २०७२ देखि निर्माण सुरु गरेर अलपत्र छाडिएको सब–स्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युुत् प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सब–स्टेसन सञ्चालन कार्यक्रममा सांसद थापाले सब–स्टेसन सञ्चालनले जिल्लाभित्रको विद्युत् अनियमित हुने समस्या हट्ने विश्वास व्यक्त गरे ।

सबैको तदारुकता र सहकार्यले अलपत्र अवस्थामा रहेको सब–स्टेसन छोटो समयमै सञ्चालन भएको भन्दै सांसद थापाले विकास निर्माणका लागि बजेट सुनिश्चितता जस्तै कार्यान्वयनको पाटो महत्वपूर्ण हुने बताए ।

उनले मङ्सिरभरिमा नौवाहिनीको वडा नं १ र गौमुखी गाउँपालिका–३ रजवाराको आधा भागमा विद्युतीकरण नभएकाले विद्युतीकरण गर्नु आफूसहित सबैको पहिलो प्राथमिकता रहनुपर्नेमा जोड दिए ।

नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासका अनुसार सब–स्टेसन सञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्नेछ । सब–स्टेसनको निर्माण २०७२ असार ४ गते आरके विश्वनाथ जेभीले  सात करोड ४२ लाख ६७ हजार दुई सय ३९ मा सब–स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

लाइन तान्नका लागि श्री त्रिपुरेश्वर जय दुर्गे जेभीले पाँच करोड ३६ लाख ६० हजार ६ सय ८२ मा २०७४ जेठ १७ गते ठेक्का सम्झौता गरेको थियो । काम सुरु गर्ने हराउने, नियामक निकायले सक्रियता देखाउँदा काम गरेजस्तो गर्ने हुँदा ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदार कम्पनी सम्पर्कविहीन भएको वितरण केन्द्र प्रमुख दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घट्यो डिजेल र मट्टितेलको मूल्य

  काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य

थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने

काठमाडौं। थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

देशभर तिहारको झिलिमिली

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड