‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन



काठमाडौँ । गत असोज ११ र १२ को अविरल वर्षाका कारण तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली( इआरएस) प्रयोग गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसादेखि प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

तामाकोसी नदीको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको सात नम्बर टावर बगाएको थियो ।

टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट गत १३ असोजबाट विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन टुटेको थियो । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने गरेको छ ।

खिम्ती–लामोसाँघु काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति हुने महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनको विद्युत् लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी नदी जलाधार क्षेत्रमा निर्माण गरिएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि विद्युत् निर्यातसमेत प्रभावित भइरहेको थियो ।

हाल इआरएसमार्फत लाइन सञ्चालन गरी बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण प्रक्रिया सुरु भइसकेको जनाइएको छ । प्राधिकरणले आफैैँसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो ।

इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर इआरएस टावर राखिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई