पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका



नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिब २० बिघा क्षेत्रफलमा ताल बनाउने भएको छ। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए।

सुस्ता –३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिएको हो। ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ खर्च गरिसकेको अधिकृत भुसालले बताए। तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाउने उनले जानकारी दिए।

पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए। तालमा माछापालनसमेत गरिने छ।

लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्त्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उनले जानकारी दिए। ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ।

गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तारे होटल र रिसोर्टमा प्लास्टिकजन्य बोटल प्रयोगमा निषेध

काठमाडौं । तारे होटल र रिसोर्टहरूमा अबदेखि प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाइने भएको

दसैँपछि घोडेपानी र पुनहिलमा बढे पर्यटक

गलेश्वर  । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

ढोरपाटन (बागलुङ) । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा आलु

शेयर बजारमा दोहोरो अंकको बृद्धि

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार नेप्से मंगलबार भने दोहोरो अंकले