ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा



काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन ।

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा गरिने जात्रामा मङ्गलबार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो ।

सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् । मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ ।

तस्बिर: रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ ।

धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ