अनुमति बिना पर्सामा तेजाबको बिक्री र प्रयोगमा रोक



वीरगञ्ज ।  जिल्ला प्रशासन कार्यालय पर्साले  अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गरी प्रशासन कार्यालयबाट बिक्री तथा प्रयोग गर्ने अनुमति लिएर मात्र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७९ को दफा ४ (ख) बमोजिम बिक्री वितरणका लागि प्रशासनबाट अनुमति लिएर मात्रै काम गर्न अनुरोध गरेका छन् ।

‘ऐनको दफा ११ (४) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धान केन्द्र, शैक्षिक संस्था, कार्यशाला, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले प्रयोग अनुमति लिई मात्र प्रयोग गर्नुपर्ने व्यवस्थाबमोजिम यस कार्यालयबाट बिक्रीरप्रयोग अनुमति लिई कारोबार गर्नु-गराउनु हुन अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ, ‘ऐनको बर्खिलाप हुने गरी बिना अनुमति बिक्री वितरण गरेमा, प्रयोग गरेमा, प्रयोग अनुमतिको म्याद नाघेका फर्म, कम्पनी, व्यक्तिलाई कानुनबमोजिम कारवाही गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराट मेडिकल कलेजले एकैपटक माग्यो एक हजार नर्स

काठमाडौँ । । विराटनगरस्थित विराट मेडिकल कलेजले एकै पटक एक हजार नर्स पदपूर्ति

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निमित्त प्रहरी महानिरीक्षक राईको निर्देशन

काठमाडौँ । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई

यसवर्ष दशैंमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौँ । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

सहकारी ठगी र बैंकिङ कसुरमा पीडितलाई पैसा फिर्ता गरेको प्रमाण पेश गरे मुद्दा नचल्ने

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले मुलुकी फौजदारी कार्यविधि संहितामा पाँच बुँदे निर्देशन जारी