काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग रु चार लाख १२ हजार बराबरको घुस र दुई लाख ५० हजार बराबरको दुई वटा चेक ( पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले नौ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया