झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी


झापा । जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।

गत आवमा राहदानीबापत  १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानीलगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले  १५ करोड ३० लाख ३९ हजार चार सय ४४ संकलन गरेको छ ।

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ ।