म्याग्दीका ग्रामीण भेगमा बिजुलीको उज्यालो



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन्। पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको हो।

मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले काम थालेको छ वर्षपछि वत्ती बालिएको बताए। उनले भने, ‘घोर्सी, छिसका ५७, साङबोट, खहरे, बातासेका ६४ र कोदालीबाङका १३ घरमा वर्षौँको प्रयासपछि बत्ती बलेको छ।’

मालिका–१ का चार सय ६८ का सबै घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको वडाध्यक्ष पुनले बताए। यसअघि त्यहाँका बासिन्दालेरुमखोला लघुजलविद्युत् परियोजनाबाट विद्युत् उपभोग गर्दै आएका थिए।

नेपाल विद्युत् प्राधिकण म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मालिकाको वडा नं १, २, ३ र ४ वडाका पाँच सय ५० घरमा हालै विद्युतीकरण गरिएको जानकारी दिए। आव २०८०/८१ मा एक हजार चार सय ३८ उपभोक्ता थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

रसुवा । रसुवास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

पढ्नुस् ११ सय २४ पृष्ठ लामो सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ