प्राधिकरणको वार्षिकोत्सवको अवसरमा पालुङ वितरण केन्द्रद्वारा वृक्षारोपण



काठमाडौं । नेपाल विद्युत प्रधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङले वृक्षारोपण गरेको छ । नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र पालुङ अन्तर्गत फाँटबजारमा रहेको नव निर्मित सवस्टेसनको कम्पाउण्ड भित्र वृक्षारोपण गरिएको हो ।

विद्युत लाइन विस्तार गर्दा रुख विरुवाहरूमा क्षति मात्र गर्ने मात्र नभई वृक्षारोपण पनि विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने गर्छ भन्ने उद्देश्यका साथ एकसय वटा विरूवा रोपिएको नेपाल विद्युत्त प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

विद्युतका कर्मचारी लगायतको सहभागितामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो । आगामी भदौ १ गते प्राधिकरणले आफ्नो ३९ औ वार्षिकोत्सव मनाउँदैछ । देशभर वृक्षारोपण गर्ने कार्यक्रम अनुसार थाहामा पनि फल्फुल तथा अन्य बिरुवा ( धुपी, हलुवाबेद, दाल्चिनी, किबीलगायतका विरुवा रोपिएको पालुङ वितरण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू

बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ-५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडौँ। यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी