माछापुच्छ्रे गाउँपालिकाले ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने



कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया सुरु गरेको छ । पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गरेको छ ।

गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८)का लागि १० र माध्यमिक तह (९–११)का लागि चारजना र माध्यमिक तह (११–१२)का लागि ६ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अंकका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा उल्लेख छ । प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग