सुनसरीमा आँप उत्पादन घट्यो



धरान । सुनसरी जिल्लामा यसवर्ष आँप उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी  ५५ रुपैयाँसम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी ८० देखि १०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’ गत वर्ष प्रतिकिलो ५० रुपैयाँ भन्दा कममै आँप बिक्री भएको उनले बताए ।

केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ ।

जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताए । आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले कल्भर्ट भत्काएपछि…

सुदूरपश्चिम । अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडा चोकमा राजमार्गको कलभर्ट भत्किएको छ

पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार

गण्डकी। चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ। सोह्रौं शताब्दीमा बनेको जिकिर

बाघको आक्रमणबाट दाङमा तीन महिला घाइते

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका

बाढी र डुबानले कैलालीको भजनी प्रभावित

टीकापुर । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ