ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण



 

पाटन (ललितपुर) । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नम्बर २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ ।

पाँच करोड ७५ लाख ९२ हजार ६ सय २७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिबार उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताए ।

महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासीलाई  प्रत्यक्ष लाभान्वित हुने बताइन् । “कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्नेछ, यसले आर्थिक– सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने छ”, उनले भनिन् ।

कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । उनीहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३२ अर्बको सुन तस्करी भएको खुलासा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा

नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जीतेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका

खुट्टाले लेखेर एसइई उत्तीर्ण

जानकी (बाँके) । खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले

सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ

काठमाडौं । सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको