‘द रिकभरिङ ग्रुप’ले यसरी मनायो वार्षिकोत्सव



काठमाडौं । ३७ औं लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा यूवा सहयोगी समूह पुनःस्थापना केन्द्र(The Recovering Group)को बुधबार १९ औ वार्षिक उत्सव मनाइएको छ ।

संस्थाका अध्यक्ष दीपक कुमार उप्रेतीज्यूको सभापतित्व र बुढानिलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामाको प्रमुख अतिथित्यमा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष रवि खड्का, वडाका वडा सदस्य मेनुका भुसाल, समाजसेवी तथा बुद्धिजीवीहरू, शिक्षाप्रमीहरू, विकासप्रमीहरू, विभिन्न संघ सस्थाका प्रतिनिधि र यसै संस्थामा उपचाररत व्यक्तिका आफन्त तथा परिवारजनलगायत सहभागी थिए ।

कार्यक्रममा संस्थाका सहसचिव सुरेन्द्र तामाङले दुर्व्यसन सम्बन्धी, यसको न्यूनीकरण, रोकथाम र यसबाट बच्ने उपायहरूबारे प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले दुर्व्यसन र यसका असरहरुबारे, ३० वर्षे आफ्नो दुर्व्यसनी जीवन र आफ्नो संस्था नाफामुखी नभई सेवामूखी भएकोबारे बताएका थिए । कार्यक्रमलाई यसै संस्थाका काउन्सिलर काउन्सिलिङ साइकोलोजिस्ट मनिष पाठकले संचालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम

गण्डकी ।  विश्व पर्यटन दिवस-२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

सिन्धुपाल्चोक । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’

काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ