मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द गरिने



पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ ।

१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ ।

सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुनेछ ।

उक्त सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले रु ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो ।

करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ३० जनाको मृत्यु, ११ जना बेपत्ता

  काठमाडौँ ।  अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न

भक्तपुरका १५ वटा टोलबस्ती डुबानमा (फोटोफिचर)

काठमाडौं । अविरल वर्षाका कारण भक्तपुरका विभिन्न वस्ती डुबानमा परेका छन् । भक्तपुरको

बाढीपहिरोमा परी काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु

  काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ