बुटवलको डेल्टा मार्टमा आगलागीबाट ५० करोड भन्दाबढीको क्षति भएको अनुमान



लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।
आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी  जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ ।
आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको थियो ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।
कम्प्लेक्समा संचालित विभिन्न पसल तथा फर्महरुमा २ सय भन्दाबढीले रोजगारी पाएका थिए। आगलागी कहाँबाट शुरु भयो र कति क्षति भयो भन्ने पुर्ण विवरण नआईसकेपनि ५० करोड भन्दाबढीको क्षति भएको डेल्टा कमप्लेक्सका संचालक घनश्याम पाठकले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ३० जनाको मृत्यु, ११ जना बेपत्ता

  काठमाडौँ ।  अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न

भक्तपुरका १५ वटा टोलबस्ती डुबानमा (फोटोफिचर)

काठमाडौं । अविरल वर्षाका कारण भक्तपुरका विभिन्न वस्ती डुबानमा परेका छन् । भक्तपुरको

बाढीपहिरोमा परी काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु

  काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ