अभियन्ता हौं भन्दै गैरकानुनी रुपमा संस्था खोली ठगी गरेको अभियोगमा ४ जना पक्राउ



काठमाडौं । प्रहरीले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने चार जनालाई ठगीको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर विभिन्न वडाहरूमा त्यसका शाखाहरू समेत विस्तार गरी ठगी गरेको अभियोगमा चार जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका ८ का २६ वर्षीय आदर्श क्षत्री, वडा नं १ की २० वर्षीया अस्मिता खत्री र वडा नं २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् ।

उनीहरुले विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा भ्रष्टाचारविरोधी अभियन्ता भन्दै जाने र असम्बन्धित सूचना माग्ने तथा धम्क्याउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुले असम्बन्धित सूचनाहरू माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडियो बनाई रकमसमेत असुली गर्ने, पुष्टि नै नभएका कुरा सामाजिक सञ्जालमा राखी चरित्रहत्या गर्नेजस्ता कार्य गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय

रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनीका रन्जित गुरुङको मृत्यु

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

‘द रिकभरिङ ग्रुप’ले यसरी मनायो वार्षिकोत्सव

काठमाडौं । ३७ औं लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा यूवा