सशस्त्र प्रहरी बझाङस्थित नेपाल-चीन सीमामा पुग्दा…(फोटोफिचर)
काठमाडौं । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाँडाको अनुगमन गरेको छ । सशस्त्र प्रहरीको टोलीले नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बीचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज सीमा स्तम्भ भएको स्थानमा पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
तस्बिरः सशस्त्र प्रहरी बल