बालेनको कदम अराजक भएको सडक डिभिजनको ठहर, प्रतिकार गर्ने चेतावनी



काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै आपत्ति जनाएको छ ।

शनिबार साँझ विज्ञप्ति जारी गरी डिभिजनले आफ्नो कार्यालयको गेटमा महानगरपालिकाको टिपरबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापी नबढ्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सडक डिभिजनको कार्य क्षेत्रभित्र भएका त्रुटि औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

यसअघि मेयर बालेन साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका थिए । महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको बालेनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिडिया–राजनीतिले महत्व नदिने पाटो

डा. गोविन्दशरण उपाध्याय । मिडिया–प्रिय हुनै सक्नुहुँदैन किनभनेः १. आफ्नो देशको मौलिक निरन्तरतासंगै

मुश्लिम धर्मावलम्बीले यसरी मनाए बकर इद(फोटोफिचर)

काठमाडौँ । मुस्लिम धर्मावलम्बीले महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

सोलुखुम्बु । सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको

टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग पराजित, बंगलादेश सुपर आठमा प्रवेश

काठमाडौँ ।  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा