कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजना अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा बनेको मूल नहर । राष्ट्रिय गौरवको आयोजनामा राखिएको तेस्रो चरण अन्तर्गत हाल २८ किलोमिटर मूल नहर निर्माण भई सकेको छ ।
यहाँ मूल र शाखा नहर निर्माणले तिव्रता पाएको छ । यो आयोजना सम्पन्न भए ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ । महाकाली सन्धी अनुसार नहरमा महाकाली नदीबाट भारतले पानी उपलब्ध गराउनुपर्ने छ । यहाँ नेपाल–भारत सीमासम्म १२ सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना भारतीय पक्षले निर्माण गरिसकेको छ ।
तस्बिर: शेरबहादुर सिंह/रासस



प्रतिक्रिया