काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन् । ओलखढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर–३ का ३५ वर्षीय सन्तोष परियार आफूले श्रीमतीको हत्या गरेको भन्दै बुधबार प्रहरी वृत्त बौद्धमा गएर आत्मसमर्पण गरेका हुन् ।
उनले वृत्तमा गएर श्रीमतीको हत्या गरेर आफू आएका बताएका थिए । त्यसपछि प्रहरी काठमाडौँ महानगरपालिका–६ स्थित भुवलडाँडामा रहेको छिरिङ लामाको घरको भुईँ तलामा ढोका खोलेर हेर्दा ३५ वर्षीया अनिसा चाहार मृत फेला परेकी थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले परियारलाई पक्राउ गरेको जानकारी दिए । उनले पत्नी अनिसा पर पुरुषसँग लागेपछि आफूले हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया