काभ्रेको रोशीमा आगलागीबाट दुई करोड २६ लाख रुपैयाँ बराबरको क्षति



 

धुलिखेल (काभ्रेपलाञ्चोक) ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा  दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको छ ।

आगलागीबाट रोशी–४ सानोपोटा बस्ने वर्ष ४२ वर्षीय प्रेम तामाङ, जनक तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, धनकाजी तामाङ, पदमबहादुर तामाङ, प्रशान्त थिङ तामाङ, माया तामाङ, पलबहादुर तामाङ र साइली माया तामाङका घर, गोठ, नगद, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा  र सरसामान नष्ट भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष तेजबहादुर मगरका अनुसार घर नष्ट भएपछि पीडितहरु खुल्ला आकाशमुनि बस्दै आएका छन् । उनीहरुको बसाइ व्यवस्थापनका लागि गाउँपालिकाबाट त्रिपाललगायत सामान ल्याउने क्रममा रहेको उनले बताए। आगलागी भएको जानकारी पाएपछि नेपाली सेना, स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिनल्याण्डले नेपाललाई जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गराउन १३ मिलियन युरो अनुदान दिने

काठमाडौं । जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३

भारतको कर्नाटकमा बैतडीका दाजुबहिनीको शङ्कास्पद मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु

अन्तर्राष्ट्रिय पर्वतीय संवादमा हिमाली क्षेत्रलाई ‘नेगोसिएसन ब्लक’का रुपमा उठाएर लगानी सुनिश्चित गर्न पहल हुनुपर्छ(अन्तरवार्ता)

काठमाडौँ ।  पछिल्लो समय जलवायु परिवर्तनको प्रभावको चर्चा विश्वस्तरमा नै चुलिँदै गइरहेको छ

राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता

काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको