आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु



काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि बुधबार बिहान निधन भएको छ ।

सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाई नगरकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार पहरीको शव बर्न अस्वतालबाट पोस्मार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ । गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोललगायतका वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । शंकरको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको थियो ।

वनमा लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ । नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवानाको फैसला

काठमाडौं । सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

कोठाभाडा तिर्न नसक्दा आत्महत्या गर्न पुगेको नगरकोटी परिवार

  काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण