चक्कु प्रहार गरी स्याङ्जामा युवकको हत्या



वालिङ (स्याङ्जा) । स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत भएको हो ।

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी

‘निःशुल्क सिपमूलक तालिमका लागि’ महानगरमा ६८ हजारको आवेदन

काठमाडौं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६

सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी

जनकपुरधाम । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर

तस्बिरमा हेर्नुस् महभिरमा महसिकार

म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियाको महभिरमा महसिकारको तयारी गर्दै महसिकारीहरु । डोरीको सहायताले भिरमा