बालाजु बाइसधारामा ‘ल्हुति पुन्हि’ मेला सुरु



काठमाडौँ । काठमाडौंको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताए । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब नगरवासीलाई महानगरले निःशुल्क लोकसेवा तयारी गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको

शक्तिमा भएकै भरमा कानुनले छुट दिँदैन भन्ने कुरा नेपालीले बेलायतबाट सिक्ने कि ?

नारायण गाउँले । परिचयपत्र बोक्न बिर्सिएपछि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई भोटिङ बुथबाट

चिम्टीका अग्निपीडितलाई राहत प्रदान

राजविराज । आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत

घरमा आगलागी हुँदा २५ लाख भन्दाबढीको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार आगलागी हुँदा रु