चामलको बोराभित्र लागुऔषध फेला, दुई पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका–११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखिया र सप्तरीकै वरहथवा नगरपालिका–११ का ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उपत्यका भित्रिने गाडीहरु नागढुङ्गा नाकामा जाँचका क्रममा चामलभित्र लुकाएर ल्याएको लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले नागढुङ्गामा मुखियालाई पक्राउ गरेपनि मुखियाको बयानका आधारमा काठमाडौँमा लागुऔषध बिक्री वितरणमा संलग्न अधिकारीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले आठ सय ४२ एम्पुल डाइजेपाम, छ सय ८५ एम्पुल नुर्फिन, नौ सय ५१ एम्पुल फेनार्गन र तीन हजार तीन सय आठ ट्याब्लेट मनोद्दिपक पदार्थ नाइट्रोभेट बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका दुवैलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

सिधाकुराको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा

भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा एक समूहले आक्रमण गरेको

भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड काठमाडौं आएका छन् । प्रधानन्यायाधीश