पर्वतमा जिसी दम्पती हत्यामा संलग्न पत्ता लगाउन प्रहरीलाई सकस



पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको बुधबार १७ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन ।

चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत घटनास्थल वरिपरीनै अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलमै खटिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीलेसमेत अुनसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख भुसालका अनुसार घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेको र अब घटनाको तथ्यको नजिक पुग्न थालेको बताए ।

उनले भने, “प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि अनुसन्धानमा जुटेको छ । हत्यारा छिट्टै नै पत्ता लगाइनेछ ।”

भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ । “घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ ।’

हत्यामा एकजनाभन्दा धेरै प्रयोग भएको पनि देखिएको उनले बताए । “त्यसको अनुसन्धान गरिराखेका छौं”, डिएसपी भुसालले भने । अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरी र उनीहरूका घरपरिवारसँग जोडिएका सबै गरी दुईसय जनाभन्दा बढीसँग सोधपुछ गरिएको भुसालले बताए ।

दम्पतीको हत्या भएको दुईहप्ता वितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटना थप रहस्यमय भएको जलजला गाउँपालिका– २ का वडाध्यक्ष प्रकाश जिसीले बताए । घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । दुई छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका थिए ।

उनीहरूको हत्या योजनावद्ध र पेशेवर चोरबाटै भएको जस्तो प्रकृतिको रहेको पनि प्रहरीले जनाएको छ । साथमा मोबाइललगायत अन्य कुनैपनि उपकरण नबोक्नु, दम्पतीको हत्या गर्न घरेलु हतियार र काठ प्रयोग गरेको देखिनु जस्ता कुराले घटना रहस्यमय बनेको छ ।

जिसी दम्पतीले पोखरामा जग्गा किन्न भन्दै सहकारीबाट ऋण लिएर घरमा राखेको हुनसक्ने आशङ्कामा लुटपाटकै लागि हत्या गरिएको देखिन्छ, भने उनीहरूको लगाएका गर गहनासमेत लुटिएको छ । “कुनै कुनै घटनाका दोषी पत्ता लगाउन लामो समय लाग्नसक्छ, हामी तथ्यको नजिक पुग्दैछौँ, केही दिनमा सफलता मिल्नेमा आशावादी छाँै”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सभामुखले जब विपक्षीलाई पेलेर सदन चलाउन खोजे….

काठमाडौँ ।  प्रतिनिधिसभाको शुक्रबार बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।  शुक्रबार बिहान

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरु छलफलमा

  काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु बालुवाटारमा सुरु भएको छ

काठमाडौंको मित्रनगर र गाकर्णेश्वरबाट २२ जुवाडे पक्राउ

  काठमाडौँ । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा

विशेष अदालतबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत