बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ



सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४ रातोमाटीमा बालिकाको करणीपछि हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीले गत चैत २६ गते दिउँसो घटना घटेको प्रहरी अनुसन्धानबाट खुलेको जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजेको समयमा ती बालिकामाथि आफ्नै काका नातापर्नेले करणी गरेका थिए।

त्यसपछि २८ गते बिहान १० बजे बालिकाको शव भेटिएको थियो। प्रहरी अनुसन्धानमा देखिएअनुसार २६ गते आफ्नै घरबाट एक वर्ष अगाडि भागी विवाह गरेकी वर्ष १७ कि बालिका हराएकोमा खोज तलास थालिएको थियो । त्यसक्रमामा २८ गते उनको शव जंगलमा फेला परेको थियो ।

त्यसपछि ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको टोली घटनास्थलमा पुगेर घटनास्थल तथा शवको जाँच गर्दा टाउकोमा चोट लागेको फेला परेको थियो।

त्यसपछि मृतक बालिका गर्भवतीजस्तो देखिएकोमा डडेल्धुरा अस्पतालमा शव पोष्टमार्टम गर्दा अन्दाजी उनको गर्भमा १८ हप्ताको शिशु रहेको खुलेको थियो।

घटनाको थप अनुसन्धान गर्दा मृतक बालिकाका श्रीमान २०८० साल साउन महिनादेखि भारतमा रहेका र बालिकाको एकाघरको वर्ष ३० को काकाले ललाईफकाई डर धाकधम्कीसमेत दिएर पटकपटक करणी गर्दा गर्भवती भएको खुलेको हो ।

त्यसपछि गर्भपतन गराउन स्थानीय स्वास्थ्य चौकीमा प्रयास गर्दा असफल भएपछि काकाले बालिकालाई जंगलमा बोलाएर ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाई छ।

त्यसपछि हत्या आरोपितविरुद्ध किटानी जाहेरी दर्ता भएकोमा सोमबार कसुरदारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ हजार ६ सय मतले सुहाङको अग्रता, मिलन लिम्बूको तीन हजार ६ सय

  फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

  सल्लेरी (सोलुुखुम्बु) ।  सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

नेम्वाङले १६ हजार नौ सय ४४ मत प्राप्त गर्दा कांग्रेसका खड्काको ११ हजार दुई सय ७३ मत

  फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल