आगलागीबाट कर्णालीमा मानवीयका घट्ना बढ्दै, एक सातामै ६ जनाको मृत्यु



 

कर्णाली । कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो ।

डोल्पाको ठुलीभेरी नगरपालिका–४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो ।

त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए ।

एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । मृत्यु भएका मध्ये दुई बालक एकै घरका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकहरुको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्याएको थियो ।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए । राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो । सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए ।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए ।  भेडीगोठमा ६० वटा भेडा जलेर मरेका छन् । एक सय २० वटा भेडामध्ये   ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ । आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ । हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण राहुघाट जलविद्युत् आयोजना निर्माण प्रभावित

म्याग्दी ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ

  धरान (सुनसरी) ।  सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका

रानी जमरा कुलोको ९९ प्रतिशत काम सम्पन्न, स्थानीयका लागि वरदान बन्यो आयोजना

झलनाथ खनाल, भजनी । डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी