हरियाली र सुन्दर सहरका लागि भित्ते बगैँचामा दुई सय फूल रोपियो



 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भित्ते बगैँचामा बुधबार दुई सय फूल र लहरा बोटका बिरुवा रोपिएको छ ।
पार्क तथा हरियाली प्रवद्र्धन आयोजनाअन्तर्गत कामपाले रत्नपार्कको आकाशे पुलका दुई भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेर सुरु गरेको हो ।

कामपाले चालु आर्थिक वर्षमा एक लाख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाका रुपमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार रोपिएका फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) छन् ।

बेगनबेलीमा पनि गुलाबी, रातो, सेतो, पहेँलो, सुन्तला गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् । सामान्यतयाः यो जातको फूल चारदेखि छ महिनासम्म फुलिरहन्छन् । यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिने श्रेष्ठको भनाइ छ ।

त्यसैगरी, हरियाली हुने होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा रोपिएका छन् । यी बिरुवा लहरिँदै बढ्दै जान्छन् । यी आकाशे पुलका भित्ता साढे ३२ मिटर लामा छन् । उचाइ साढे छ मिटरसम्म छ ।

भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन् । लहराउने बिरुवालाई गमलामा झुन्ड्याइएको छ । यसमा बिरुवा लहराउन भित्ताभरि दुई/दुई वर्गमिटरका जालीदार बार बनाइएको छ । उक्त कार्य  नौ लाख ५६ हजार लागतमा सम्पन्न गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले

मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना

झापा । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ ।

म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

म्याग्दी । महिलालाई व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन

सिरहा । सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि