पोखरा । कास्कीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पोखराबाट भदौरेतर्फ गइरहेको ग.१.ज. ५५४७ नम्बरको जिप थामडाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
जिप सडकबाट करिब २ सय मिटर तल पुगेको छ । घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ । घाइतेलाई उपचारका लागि पोखरा ल्याइँदै गरेको कालिका गणका गणपति अरूण शर्माले जानकारी दिए ।

प्रतिक्रिया