हावाहुरीले रुख ढलेर किच्दा पाल्पामा स्कुटर चालकको मृत्यु


पाल्पा । पाल्पाको तानसेनमा पानी परेर ओत लागेको बेला हावाहुरीले रुख ढलेर किच्दा एक जनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका वडा नम्बर–८ जरेपिपलमा रुखले किच्दा स्कुटर चढेर बुटवलतर्फ आउँदै गरेका एक युवकको ज्यान गएको हो ।

मृत्यु हुनेमा पाल्पाको कैलाशनगरका २० वर्षीया भुवन सिंजाली रहेका छन् । उनी तानसेन नगरपालिका वडा नम्बर ५ कैलाशनगरका बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्याउदा सिंजालीको मृत्यु भइसकेको जानकारी दिए ।