पोखरामा भएको अनौठो बस दुर्घटना(भिडियोसहित)


गण्डकी । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । तर बस दुर्घटनापछि भने ठाडो परेकाले बसको तस्बिर र भिडियो भने भाइरल भएको छ । बस कसरी दुर्घटना भयो र यस्तो अवस्थामा स्थिर रहन पुग्यो भन्ने चर्चा निकै छ ।

भिडियो सामाजिक संजाल