खानेपानी मन्त्रालयले भन्यो-मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्नु



काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको पानी सफा रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ । विज्ञप्ति जारी गरी मनत्रालयले मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको हो ।

मन्त्रालयले भनेको छ, ‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ । पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए तापनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।’

मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्रीलाई स्थानीय तहको चुनौतीः शिक्षक सरुवासम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने

काठमाडौँ । नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति

माटोको ढिस्कोले पुरिएर नवलपरासीमा तीन महिलाको मृत्यु

  नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा

नेपाल प्रहरीका चार एसएसपीको पदस्थापन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन