मित्रमिलन सहकारीका लेखा संयोजक पक्राउ



पोखरा । मित्रमिलन सहकारी पोखरामा ठगी आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका लेखा संयोजक सूर्य अधिकारी रहेका छन् ।

बुधबार पक्राउ गरेर बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । अधिकारीलदाई पोखरा महानगरपालिका १३ कसेरीमा रहेको निवासबाटै पक्राउ गरिएको उनले बताए ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्व रजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुली सहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदी सहित ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सहकारीको करिब ३२ करोड रकम हिनामिना पारेको आरोप छ । जसमध्ये अझै २५ जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा) । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी, नबिल बैंकले नेतृत्व गर्ने

रमेश लम्साल, काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत्

जीप दुर्घटनामा परी पाल्पामा दुई जनाको मृत्यु, १३ घाइते

रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हँुदा

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी