कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु



कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी श्रीमानश्रीमतीको मृत्यु भएको छ । दुर्घटनामा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो ।

बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो । ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए । बुधबार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटरबोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो। उनीहरुको शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनले

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने सरकारको घोषणा

  काठमाडौँं ।  नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन

२०८२ सम्म सडक मानवमुक्त बनाउने सरकारको घोषणा

काठमाडौँं । सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ ।  राष्ट्रपति