एक करोड भन्दाबढी अकुत सम्पत्ति कमाएको आरोपमा वन अधिकृतविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाख रुपैयाँ बराबरको अकुत सम्पत्ति कमाएको आरोपमा एकजना वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह) दीर्घ नारायण कोइरालाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले १ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै सोही बराबरीको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ । कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २२ गतेदेखि २०७८ फागुन १२ गतेसम्को उनको आमदानी तथा खर्च लगानीको विश्लेषण गर्दा एक करोड २५ लाख रुपैयाँ भन्दा बढी अकुत सम्पत्ति देखिएको अख्तियारको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराको प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ, एक अर्ब ५४ करोड अपचलनको आरोप

कास्की । पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन

‘हेल्मेट डाँडा’लाई पर्यटकीय गन्तव्य बनाइँदै

कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका-३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक : एमाले

काठमाडौँ । सत्तारुढ नेकपा नेताहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया