विमानस्थल भन्सारमा यात्रु जाँचपासमा थप चार ‘एक्सरे मेसिन’ जडान



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा बुधबारदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको जानकारी दिए ।

उनले भने, “पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चारवटा एक्सरे मेसिन थपिएको छ । भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ ।”

नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम) कलेजसँग सम्झौता गरेर १५ विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको प्रमुख डा पाण्डे बताए उनका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहज हुने देखिएको

यसैगरी विमानस्थल भन्सार कार्यालयले वृद्धवृद्धा अशक्त तथा गर्भवतीका लागि बस्ने व्यवस्थासमेत मिलाएको र भन्सार एरियालाई थप सौन्दर्यकरण गरिएको जनाएको छ । विगतमा जाँचपास गर्न आधा घण्टा लाग्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ