काठमाडौं । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका–७ ठेगाना भएका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी रहेका छन् ।
उनीहरूले विभिन्न होटेल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्याउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
दिल्लीमा आफैँले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया