आरती साह मृत्यु प्रकरणमा पति मोतीबाबु पक्राउ



जनकपुर । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । सोमबार विहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकस्थित घरमामा आरती मृत अवस्थामा फेला परेकी थिइन् ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरिएको थियो । जिल्ला अदालतले उनी दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन गरेको छ

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब

पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु