सर्लाहीमा चिनी मिलमा उखु क्रसिङ थालियो



सर्लाही । सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् ।

अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर २६ गतेदेखि चालु यामको उखु क्रसिङको तयारी थालेको इन्दुशङ्करले जिल्लाका उखु उत्पादक किसानले आन्दोलन थालेपछि उखु उत्पादक किसानको आग्रहलाई स्वीकार गर्दै केही समय क्रसिङ रोकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । मङ्सिर २६ गतेदेखि नै उखु क्रसिङ थाल्ने उद्योगको तयारी थियो ।

उखु उत्पादक किसानले राज्यले चालु यामका लागि उखुको मूल्य निर्धारण नगरेको र गत वर्ष उखु बिक्री गरेका उखु उत्पादक किसानलाई दिनुपर्ने अनुदानबापतको रु ५२ करोड हालसम्म पनि भुक्तानी नगरेको भन्दै आन्दोलन गरेका थिए । उखु उत्पादक किसानको सहमतिमा चालु यामको क्रसिङ सुरु गरिएको

प्रबन्धक रजकको भनाइ छ । उनका अनुसार उद्योगले चालु याममा करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । उद्योगले गत वर्ष २८ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।

यस्तै महालक्ष्मी चिनी उद्योग बगदहले पनि उखु क्रसिङ थालेको छ । सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल रु छ सय ३५ निर्धारण गरेको छ । मूल्य निर्धारणप्रति उखु उत्पादक किसान असहमत रहेका नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन्तला बिक्रीबाट म्याग्दीका किसानले भित्राए २१ करोड

म्याग्दी ।  म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष  २१ करोडभन्दा बढी भित्र्याएका छन्।

नाबालिका हत्या आरोपमा सिरहामा छिमेकी आमाछोरी पक्राउ

  सिराहा ।  नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ

बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि

सोलुखुम्बुमा डढेलोले दश घर जलेर नष्ट, दर्जनौँ पशुचौपायाको मृत्यु

सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर