कार्यकक्ष सार्ने विषयलाई लिएर वीरगन्जका मेयर र उपमेयरका समर्थकबीच कुटाकुट



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयमा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको छ। कार्यकक्ष सार्ने विषयलाई लिएर उत्पन्न विवादका बीच मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको हो । मेयर राजेशमान सिंहको कार्यकक्ष केही दिन अगाडि महानगर परिसरको दक्षिणपट्टिको भवनमा सरेको थियो ।

मेयर अर्को भवनमा सरेपछि खाली भएको कोठालाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेलको कार्यकक्ष बनाइएको थियो । त्यसअघि प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष उपमेयर इम्तियाज आलमको कार्यकक्षसँगै थियो। प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठाको विषयलाई लिएर मेयर र उपमेयरबीच विवाद भएको महानगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठामा मेयर सिंहले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा राख्न खोजेका थिए । उक्त शाखा राख्ने तयारीअनुरुप सामानहरू व्यवस्थापन गर्न थालेपछि उपमेयरले अवरोध गरेका थिए । उपमेयर आलमले भने उक्त कोठाले आफूले प्रयोग गर्न पाउनुपर्ने अडान राख्दै आएका छन्।

आफूले प्रयोग गर्ने भनेको कोठा अर्कै प्रयोजनका लागि प्रयोग हुन थालेको भन्दै उपमेयर आलमले आफ्ना समर्थक नै बोलाएर अवरोध गरेका थिए । उपमेयरले आफ्ना समर्थक बोलाएपछि मेयरका समर्थक समेत महानगरपालिका कार्यालयमा पुगेका थिए । दुवै पक्षका समर्थकबीच कार्यालयमै कुटाकुट भएको हो। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सडक खनेको चार दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

मलेखु । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज)

बझाङमा एमाले उम्मेदवार ९ मतले अगाडि

  चैनपुर (बझाङ) । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी

चक्कु प्रहार गरी स्याङ्जामा युवकको हत्या

वालिङ (स्याङ्जा) । स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ

देशका अधिकांश भू–भागको तापक्रम बृद्धि, तातो हावाको लहर अझै बढ्ने

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा