वेश्यावृत्ति गराएको आरोपमा स्पा सेन्टरका संचालक पक्राउ



काठमाडौं । काठमाडौंको रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

स्पा सेन्टरको आवरणमा युवतीहरुलाई रोजगारको प्रलोभनमा वेश्यावृत्तिमा लगाउने गरेको समेत खुलेको छ । पौडेलले स्पामा काम गर्ने युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको सूचनापछि ब्यूरोले कारबाही थालेको हो । ब्यूरोको टोलीले नावालिकासहित तीन युवतीहरुलाई उद्दार गरेको छ ।

ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीका अनुसार पौडेल र उनको समूहले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका अनपढ युवतीहरुलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेका थिए ।

पौडेलले यसरी स्पामा काम गर्ने युवतीहरुलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेका थिए । ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने

राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

सिधाकुराको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा