सौराहामा ९० प्रतिशत विदेशी पर्यटक



चितवन । दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।

उनीहरुले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन् । भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार सोही समयमा सात सय ३७ पटक जीप सफारी भएको छ ।

उनका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन । सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन् ।

यस क्षेत्रबाट चार सय चार पटक जीप सफारी भएको छ । यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जीप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना बिदेशी र सार्कका १०९ जना र १११ पटक जीप सफारी गरिएको छ ।

दसैंको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना बिदेशी, सार्क राष्ट्रका तीन जना र जीप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना बिदेशी र १६ पटक जीप सफारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एबं दुई पटक जीप सफारी गरिएको छ ।

दसैंको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उनले बताए । उनले भने, “गत वर्षहरुको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ ।”

सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताए । कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएका हुन् ।

अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन् । उनको भनाइअनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ भएका छन् ।

आउँदो डिसेम्बर सम्म ७५ हजारले बुकिङ गरिसकेको उहाँले जानकारी दिनुभयो । दसैंको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन् ।

विभिन्न देशबाट काठमाडौँ आएका विदेशी पर्यटक सौराहा आएका छन् । पोखरा र लुम्बिनीलाई गन्तव्य बनाएका पर्यटक पनि सौराहा आउन थालेका हुन् ।

सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि हात्ती, जीप र डुङ्गा सफारी चलायमान भएका छन् । दैनिक एक ट्रिप गर्न मुस्किल रहेको हात्ती सफारी अहिले तीन ट्रिपसम्म हुन थालेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । सौराहामा एक सय २५ होटल र ९५ रेस्टुरेण्ट रहेका छन् ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सात हजार पाँच सय पर्यटक राख्न सक्ने क्षमता रहेको छ । सफारी पर्यटनको हिसाबले विश्वमा चितवन राष्ट्रिय निकुञ्जलाई चिन्ने गरिन्छ । निकुञ्जको प्रवेशद्धारमध्ये धेरै पर्यटक प्रवेश गर्ने क्षेत्र सौराहा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम