श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु



खोटाङ । खोटाङ को दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गएराति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।

श्रीमान श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेकी स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमानलाई गए राति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

श्रीमतीको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतिका दुई छोरी छन् ।

यसैबीच जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी २६ वर्षीया एलिना मगरको मृत्युु भएको छ । दशमीका दिन घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएकी उनको शव जिल्ला अस्पतालमा लगेर परीक्षण गरेपछि बिहीबार अन्तिम दाहसंस्कारका लागि प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी