तीन अमेरिकीद्वारा कुम्भकर्ण हिमाल आरोहण



 

 

ताप्लेजुङ । तीन जना अमेरिकी नागरिकले जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् ।

ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले सफल आरोहण गरेको कम्पनीका प्रबन्धक ओङ्मु शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार आरोहणका लागि गएका अन्य दुईजना भने आरोहण गर्न नसकी फर्किएका छन् । अमेरिकन नागरिकले पहिलोपटक यो हिमालको आरोहण गरेको जनाइएको छ । नेपाली समयअनुसार शनिबार बिहान ४ः२० बजे तीन जनाले सफल आरोहण गरेको शेर्पाले बताए ।

आरोहणका लागि जोखिम मानिने कुम्भकर्ण हिमालमा सफल आरोहण हुनुलाई उल्लेखनीय उपलब्धिका रूपमा लिइएको शेर्पाको भनाइ छ । यसअघि फ्रान्स र रुसका आरोहीले कुम्भकर्णको आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु